तीन तहका सरकार मिलेर अघि बढ्नुपर्नेमा पूर्वमेयर शाक्यको जोड

0
Shares

काठमाडौं।

काठमाडौं उपत्यका पूर्व मेयरहरुको फोरमले वाग्मतीे प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेठलाई शुभकामना एवं बधाई ज्ञापन गरेका छन् ।

फोरमका संस्थापक अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यको अगुवाईमा एक कार्यक्रमकाबीच बधाई ज्ञापन गरेका हुन्।

सो अवसरमा फोरमका अध्यक्ष एवं पूर्वमेयर शाक्यले फोरममा हिजोसंगै बसेर काम गरेका सदस्य वाग्मती प्रदेशको मन्त्री भएकोमा हर्ष प्रकट गर्दै प्रादेशिक संरचनालाई चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा कार्यकाल सफल होस् शुभकामना व्यक्त गर्नुभयो।

पूर्व मेयर शाक्यले भन्नुभयो ‘हिजो स्थानीय तहमा बसेर काम गर्दा प्रदेश सरकारबाट जे जस्तो अपेक्षा गरिएको थियो।आज तिनै व्यक्ति प्रदेश सरकारमा पुगेपछि हिजो राखिएका अपेक्षा पुरा गर्नेतर्फ तल्लीन हुनेमा हामी विश्वस्त छौं ।’

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय, सहकार्य, सह अस्तित्व गरी जनताको सरोकार र जनताको अपेक्षा पुरा गरी मुलुकलाई समृद्धितर्फ डोह¥याउनुपर्ने पनि शाक्यको जोड रहेको छ ।

सो अवसरमा मन्त्री श्रेष्ठले हिजो महालक्ष्मी नगरपालिकाको मेयर हुँदाको अनुभवबाट सिकेर, सबैको सल्लाह, सुझाव अनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काठमाडौंका मेयरहरुको फोरमहरुले हिजोका दिनमा काठमाडौं उपत्यकाको विकास, भोग्नुपरिरहेको समस्याको पृष्ठभूमीमा अघि सारेका नीति, योजना र धारणालाई समेत मध्यनजर गरी काम गर्ने पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।

सो अवसरमा फोरमका सचिव एवं मध्यपुर नगरपालिकाका पूर्व मेयर मदनकृष्ण श्रेष्ठले काठमाडौंको उपत्यकाको विकासमा लाई उपत्यका बाहेकका अन्य जिल्लाहरु सरह प्रदेशले प्राथमिकता राख्नुपर्ने धारणा राख्नुभयो ।

काठमाडौं उपत्यकामाका देखिएका समस्या समाधानको लागि स्थानीय तहहरुबाट एकिकृत प्रयास गर्न सो समिति गठन गरिएको थियो।स्थानीय तहको दोस्रो निर्वाचनपछि स्थानीय तहका प्रमुखहरुको यस किसिमको साझा मञ्चको आवश्यकता महशुस गरिएको पाइएको छैन।