आजको मौसम : प्रदेश १ र पहाडी भागमा आंशिक बदली रहने

0
Shares

फागुन । 

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं १ को पहाडी भू–भागमा  आंशिक बदली रही देशका बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

उता राती भने  प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी प्रदेशका भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको र तराईका थोरै भू–भागमा बिहानी पख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले सतकर्ता अपनाउन महाशाखाले जानकारी दिएको छ ।