एमाले अध्यक्ष ओली र चिनियाँ राजदूतबीच भेटवार्ता

0
Shares

काठमाडौं।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ । शुक्रबार अपराह्न ओली र चिनियाँ राजदूत चेनबीच भेटवार्ता भएको हो ।

राष्ट्रपति निर्वाचन र सत्ता समीकरणबारे सत्ता साझेदार दल एमाले र माओवादीबीच सहमति जुट्न नसकिरहेका बेला चिनियाँ राजदूतले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीलाई भेटेका हुन् ।

शुक्रबार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच २ घण्टाभन्दा बढी भेटवार्ता भएको थियो ।

ओलीसँगको भेटवार्तापछि बालकोटबाट निस्कने क्रममा प्रचण्डले गठबन्धन नछुट्ने बताएका थिए ।