प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

राष्ट्रपतिको विषयमा एक दुई दिनमा निष्कर्षमा पुग्छौँ : प्रधानमन्त्री प्रचण्ड

0
Shares

भक्तपुर ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

अध्यक्ष ओली निवास बालकोटमा आज भएको भेटपछि संचारकर्मीलाई प्रतिक्रिया  दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको विषयमा एक दुई दिनमा निष्कर्षमा पुग्ने कोसिसमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “हामी सहमतिमै छौँ ,सत्ता साझेदार सरकार चलिरहेको छ ,सँगै छौ, यसलाई अझ कसरी राम्रो बनाउन लागिरहेका छौँ ,एक दुई दिनमा निष्कर्ष निष्कन्छ ।”

राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा दुई शीर्ष नेताबीच निरन्तर बाक्लो छलफल भैरहेको छ ।

नेकपा एमालेले पुस १०मा भएको सहमति अनुसार नै राष्ट्रपति उम्मेदवार एमालेले पाउनुपर्ने दावी गर्दै आएको छ ।

नेपाली कांग्रेसले पनि नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारलाई विश्वासको मत दिएको र संसदको ठूलो दल भएकाले आफूहरूले नै राष्ट्रपति पाउनुपर्ने दबाब प्रधानमन्त्रीलाई दिँदै आएको छ ।