राष्ट्रपतिमा पूर्व सहमति नै कार्यान्वयन, गठबन्धन पाँच वर्ष चल्छ : विष्णु पौडेल

0
Shares

धनगढी।

नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सत्ता गठबन्धन पाँच वर्षसम्म टिक्ने बताएका छन्। आज (शुक्रबार) पार्टीको ग्रास रुट अभियान सुरुवातका लागि कैलालीको धनगढीमा संचारकर्मीसँग प्रतिक्रिया दिदैं यस्तो बताएका हुन्।

उनले भने, ‘नेपाली राजनीतिमा हल्ला धेरै चल्छ, हल्ला एकातिर चल्छ घटनाक्रम अर्कोतिर अगाडि बढ्छ। त्यसकारण त्यसमा विश्वास नगरिदिनका लागि आग्रह गर्दछु। अहिलेको यो सहयात्रा कुनै काँचो धागोमा अडिएको सहयात्रा होइन। पाँच वर्षसम्म सहयात्रा निरन्तर चल्छ।’

यस्तै उनले राष्ट्रपति, उपराष्ट्रपति लगायतका सबै पदहरुमा पूर्व सहमति जे छ त्यहीँ कार्यान्वयन हुने पनि बताए। राष्ट्रका सबै दलहरु मिल्नुपर्ने र मिलेर जाने कुरालाई नकारात्मक रूपमा लिन नहुने उनको भनाइ छ।