आजबाट नेपाल वायुसेवा निगमको टिकट काउन्टर बेलुकी ७ बजेसम्म खुल्ने

0
Shares

काठमाडौं ।

नेपाल वायुसेवा निगमले यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै आज (शुक्रबार) देखि अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष साँझ ७ बजेसम्म खुल्ला गर्ने भएको छ ।

निगमले बिहीबार सूचना जारी गर्दै टिकट काउन्टर बिहान ९ बजेदेखि बेलुका ७ बजे सम्म खुल्ला रहने व्यवस्था गरेको निगमका प्रवक्ता अर्चना खड्काले बताउनुभयाे  ।

शुक्रबार, शनिबार र सार्वजनिक बिदाको दिन पनि बिहान १० बजे देखि बेलुका ५ बजेसम्म बिक्री कक्ष खुल्ला रहने प्रवक्ता खड्काले जानकारी दिनुभयो ।