भारतीय सेना पूर्वप्रमुखहरू नेपाल आउँदै (नामावलीसहित)

0
Shares

काठमाडौं, ५ फागुन । नेपाली सेना दिवसको अवसरमा काठमाडौंमा हुन लागेको बिशेष कार्यक्रममा सहभागी हुन भारतीय सेनाका ५ पूर्वप्रमुख नेपाल आउने भएका छन् ।

काठमाडौं, टुडिखेलमा भोलि हुने विशेष कार्यक्रममा सहभागी हुन लागि भारतीय सेना प्रमुखहरू नेपाल आउन लागेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

शिवरात्रीका बेला हुने नेपाली सेनाको स्थापना दिवसमा सहभागी हुन भारतीय सेनाका पूर्वप्रमुखहरुलाई आमन्त्रण गरिएको छ । जसअनुसार मनोजमुकुन्द नरभाणे, दलबीरसिंह सुहाग, दीपक कपुर, जोगिन्दर सिंह र वीश्वनाथ शर्मा नेपाल भ्रमणमा आउने भएका हुन् ।

नेपाली सेना दिवस हरेक शिवरात्रिको दिनमा मनाउने गरिन्छ । यो वर्ष शिवरात्रि फागुन ६ गते परेको छ । हरेक वर्ष महाशिवरात्रिको दिन सेना दिवस मनाइने गर्छ ।

यो पटक नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा विशेष कार्यक्रम गर्न लागिएको जनाइएको छ ।