सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधार उन्मुख

0
Shares

काठमाडौं ।  ग्यास लिकपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधार उन्मुख रहेकाे  ।

भारतको नेसनल बर्न्स सेन्टरको आईसीयुमा भण्डारीको उपचार भइरहेको र आत्तिनु पर्ने अवस्था नभएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिएका छन् ।

चिकित्सकहरूका अनुसार सांसद भण्डारीका सबै हेल्थ प्यारामिटरहरू नर्मल रहेका छन् । राती शरीरमा फ्लुडको मात्रा डबल गरिएको छ भने अहिले १०: ३० मा पहिलो सर्जरी गर्ने र दिउसो १:३० बजे दोस्रो सर्जरी गर्ने योजना रहेको छ । भण्डारीको हृदयको चाल पनि नर्मल रहेको उपचारमा खटिएका चिकित्सकले बताएका छन् ।