जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

0
Shares

काठमाडौँ।

जनता समाजवादी पार्टी(जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक फागुन ७ गते आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बिहान ११ बजे शुरु हुने जसपाले जनाएको छ।

विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिक लगायतका अजेण्डाहरुमा बैठक केन्द्रित हुने बताइएको छ।