इन्जा वौद्धिक अनुसन्धानवृत्ती नेपाल र तिवारीलाई

0
Shares

काठमाडौँ।

नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा)ले हरेक बर्ष प्रदान गर्दै आएको वौद्धिक अनुसन्धानवृत्ती पुरस्कार संचार क्षेत्रमा लामो समयदेखि कार्यरत २ जना पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

स्वर्गीय शुकदेव शाहको स्मृतीमा स्थापना भएको उक्त बौद्धिक अनुसन्धानवृत्ती पुरस्कार त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आम सन्चार बिषयमा विद्यावारिधी ( पिएचडी) गर्दै गर्नु भएका जगत नेपाल र पत्रकारिता तथा आम सन्चार विषयमा त्रिभुवन विश्वबिद्यालयबाट दर्शनार्चाय (एमफिल) गर्दै गर्नु भएका माधवप्रसाद तिवारीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख चिरन्जिवी खनालको संयोजकत्वमा गठित सिफारिस समितिले उक्त निर्णय गरेको हो ।

बौद्धिक अनुसन्धानवृत्तीबाट सम्मानित हुने नेपाल हाल त्रिभुवन विश्वबिद्यालयको पत्रकारिता विभागमा उपप्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ । २०५४ सालबाट पत्रकारिता शुरु गर्नु भएका नेपालले सुरुची साप्ताहिक, नेपालवाणी साप्ताहिक, रेडियो नेपाल, कान्तिपुर टिभी लगायत विभिन्न संचार माध्यममा नेतृत्वदायी भूमिकामा रहेर काम गर्नु भएको थियो । उहाँले हालसम्म ५ वटा पुस्तक प्रकाशित गरिसक्नु भएको छ ।

त्यसैगरी बौद्धिक अनुसन्धानवृत्तीबाट सम्मानित हुने तिवारीले २०५७ सालबाट पत्रकारिता शुरु गर्नु भएको थियो ।

भित्ते पत्रिकाबाट पत्रकारिता शुरु गर्नु भएका तिवारीले रुपरेखा साप्ताहिक, माउन्टेन टिभी, अनलाइन खवर डटकम , ककनी पोष्ट साप्ताहिक, विज एफएम, आजको न्युज डटकम र हाल दैनिकी डटकमको सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ ।

उक्त पुरस्कार नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा) को स्थापना दिवस मार्च १ अर्थात फागुन १७ गते प्रदान गरिने भएको छ ।