अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै

0
Shares

काठमाडौं ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नेतृत्व चयनका लागि आज मतदान हुँदैछ।

१७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय भन्दा बढीले उम्मेदवारी दिएका छन्। एक अध्यक्षका लागि ५ जना र चार उपाध्यक्षका लागि १६ जना, १ महासचिवका लागि पाँचै जना उम्मेदवार बनेका छन्।

यस्तै सबैभन्दा धेरै उम्मेदवार सचिवमा छन्। ६ खुला सचिवका लागि ४८ जना, ३ महिला खुला सचिवका लागि १० जना र १ खुला समावेसी सचिवका लागि ४ जनासहित कुल १० सचिवका लागि ६१ जना प्रतिस्पर्धामा छन्।

यस्तै कोषाध्यक्षका लागि चार जना सुजन कार्की, प्रज्वल फुयाँल, प्रदीप जिसी र संगम अर्याल प्रतिस्पर्धामा छन्। अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, मोती विक, लोकेश निरौला र वाङ्छु योन्जन प्रतिस्पर्धामा छन्। यस्तै महासचिवमा नरेश रोकाय, सुदर्शन शिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्यले उम्मेदवारी दिएका छन्। १७ पदाधिकारीसहित स्थायी कमिटी र केन्द्रीय सदस्यको निर्वाचन हुनेछ।