ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी हरिकला भण्डारीको निधन

0
Shares

काठमाडौं ।

ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बताएकाे छ । गए राति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा भण्डारीका आमा–छोरा जलेर घाइते भएका थिए  । उनीहरूलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरूको आईसीयूमा राखेर उपचार भइरहेकाे थियाे  ।