ग्यास सिलिण्डर बिस्फोटबाट कांग्रेस नेता चन्द्र भण्डारी र आमा घाइते

0
Shares

काठमाडौँ।

नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसदसमेत रहेका नेता चन्द्रकान्त भण्डारी ग्यास सिलिण्डर बिस्फोट हुँदा गम्भीर घाइते भएका छन्।

उनको निवास काठमाडौँको बुद्धनगरमा गए राति ग्यास सिलिण्डर बिस्फोट भएको थियो।

भण्डारीको ८६ वर्षकी आमा हरिकलासमेत घाइते भएकी छन्।

घाइते भण्डारी र उनकी आमाको कीर्तिपुरमा रहेको बर्न अस्‍पतालको आइसियुमा उपचार जारी छ।

चिकित्सकहरूका अनुसार चन्द्रको शरिरको करिब २५ प्रतिशत भाग र उनकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको गुल्मी १ बाट निर्वाचित सांसद भण्डारीको सचिवालयले जानकारी दिएको छ।

उनीहरू खाना खाएर सुतिसकेको अवस्थामा ग्यास सिलिण्डर बिस्फोट भएको थियो। सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन्।