भरतलालको सम्झनामा रक्तदान कार्यक्रम सम्पन्न

0
Shares

काठमाडाैं ।

नेपाल समाचारपत्रको प्रकाशन संस्था कामना न्युज पब्लिकेसन्स्का संस्थापक अध्यक्ष, समाजसेवी तथा लायन स्व। भरतलाल श्रेष्ठको स्मृतिमा बुधबार राजधानीको वसन्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

विशाल बजार व्यापार संघ र लायन्स क्लब अफ काठमाडौं विशाल बजारका संस्थापक अध्यक्ष, लायन्स क्लब अफ नेपालका पूर्व डिस्ट्रिक्ट गभर्नर, विशाल बजार कम्पनीका पूर्व अध्यक्ष, स्यस्यः समाजका संस्थापक अध्यक्ष, द रोलिङ स्टोन्स् स्कुलका संस्थापक अध्यक्ष एवं वरिष्ठ समाजसेवी तथा उद्यमी स्व। श्रेष्ठको सातौं वार्षिक पुण्यतिथिमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो। स्व। श्रेष्ठले विभिन्न संघ संस्थामार्फत सामाजिक क्षेत्रमा पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै उहा“प्रति सम्मान प्रकट गर्न हरेक वर्ष फागुन ३ गते रक्तदान कार्यक्रम आयोजना गरिँदै आएको छ। कार्यक्रममा सामाजिक क्षेत्रमा उहा“ले पु¥याउनुभएको योगदानको स्मरण गरिएको थियो।

उल्लेख्य रक्तदाताको सहभागी कार्यक्रममा रक्तदातालाई नेपाल मिडिया एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार, कामना न्युज पब्लिकेसन्स् प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सम्पादक दिरेकलाल श्रेष्ठ, लायन्स क्लब अफ नेपालका गभर्नर मनिश्री वज्राचार्य, विशाल बजार व्यापार संघका अध्यक्ष नरेन्द्र गुप्ता, कामनाका सम्पादक विदुर गिरी, रोलिङ स्टोन्स् स्कुलका अध्यक्ष सुनीलकृष्ण श्रेष्ठलगायतले प्रमाणपत्र प्रदान गर्नुभएको थियो।

त्यसैगरी लायन डिस्ट्रिक्ट नेपाल, लियो क्लब अफ काठमाडौं विशाल बजार, लायन क्लब अफ काठमाडौं विशालबजार, विशाल बजार व्यापार संघ, ब्लड डोनर्स एसोसिएन नेपाल, स्यस्यः समाज, द रोलिङ स्टोन्स् स्कुल र हाम्रो फर्माको सहकार्य तथा कान्तिपुर अस्पतालको प्राविधिक सहयोगमा लायन्स क्लब अफ विशाल बजार र कामना न्युज पब्लिकेसन्स्ले आयोजना गरेको कार्यक्रममा कामना प्रकाशनका पत्रकार, कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तित्वले रक्तदान गरेका थिए।