थप ३ जनामा कोरोना संक्रमण


काठमाडौं ।

पछिल्लाे २४ घण्टामा थप तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२४ जनाको नमूना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएकाे हाे ।

२२३ जनाको पीसीआर र १ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएकाे थियाे ।

पछिल्लाे २४ घण्टामा एक जना संक्रमणमुक्त भएका छन् ।  ८ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।

पछिल्लाे २४ घण्टामा कोरोनाविरुद्धको खोप एक हजार २०२ जनाले लगाएका छन् ।