नयाँ बसपार्क घटनाका दोषीलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

0
Shares

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको घटनामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सुरक्षा अंगका प्रमुखहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले उक्त घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न निर्देशन दिएका हुन् ।

गत सोमबार नयाँ बसपार्क क्षेत्रमा यातायात मजदुरसहितको आन्दोलनका क्रममा दुईवटा प्रहरी भ्यान, प्रहरी बिटमा आगजनी तथा मोबाइल पसल चोरी भएको थियो । साथै करिब तीन दर्जन जति सुरक्षाकर्मी घाइते भएका छन् ।

उक्त घटनालाई आफूले गम्भीर रुपमा लिएको जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले काठमाडौंमै यस प्रकृतिको भएको घटना राज्यले गम्भीर रुपमा लिएको बताएका हुन् । घटनाको गहिरो अध्ययन गरेर दोषीलाई कारबाही र पीडितलाई न्याय पाउने वातावरण बनाउन प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।