संसद्‍ भवन अगाडि प्रदर्शनमा उत्रिएका पूर्व न्यायाधीश गिरीकाे श्रीमतीसहित पाँच जना पक्राउ

0
Shares

काठमाडौं ।

नयाँ बानेश्वरस्थित संसद भवनअगाडि यौन हिंसाको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअगाडि पूर्व न्यायाधीश भुवन गिरीलाई कारबाहीकाे माग गर्दै प्रदर्शन गर्ने चार जना पक्राउ परेका छन् ।

संसद्‍ बैठक चलिरहँदा यौन हिंसाको आरोप लागेका कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै संसद्‍ भवन बाहिर सडकमा केही महिलाहरूले विरोध प्रदर्शन गरेका थिए ।

पूर्व न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै ४ जना महिलाले संसदभवन बाहिर टायर बालेर प्रदर्शन गर्न लागेका गिरीकी श्रीमतीसहित चार जना महिलाहरूलाई प्रहरीले पक्राउ गरेको हाे  ।

श्रीमानमाथि बैवाहिक बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी गिरीकी पत्नी आरती गिरीले कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेकी थिइन् । पक्राउ परेका महिलाहरुले संसदभवन अगाडि आत्मदाह गर्ने भन्दै पेट्रोल, काँचका सीसा बोकेर आएका थिए ।