रविको पासपोर्टबारे जाहेरी दर्ता गर्न नपर्ने

0
Shares

काठमाडौं ।

सरकारी वकिलको कार्यालय राहदानी दुरुपयोग आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध परेको जाहेरी दरखास्त दर्ता गर्न नपर्ने निर्णय गरेको छ ।

प्रहरीले यो विषयमा पहिल्यैदेखि अनुसन्धान गरिरहेकाले त्यही प्रकृतिको अर्को जाहेरी दर्ता गर्नु आवश्यक नरहेको निचोड निकालिएको हो ।

यसअघि युवराज सफलले प्रहरीमा जाहेरी दिन खोजेपनि दर्ता गर्न नमानेपछि उनी सरकारी वकिलकहाँ पुगेका थिए । विदेशी पासपोर्ट रहेकै अवस्थामा पुरानो नेपाली नागरिकता प्रयोग गरेर नेपाली पासपोर्ट निकालेको आरोप लामिछानेमाथि छ ।