एमालेलाई राष्ट्रपति दिइयो भने देश बर्बाद हुन्छ : अध्यक्ष नेपाल

0
Shares

पोखरा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नेकपा (एमाले)लाई राष्ट्रपति दिन नहुने बताएका छन् ।

आज (बुधबार) बिहान समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेलाई राष्ट्रपति दिएमा देश बर्बाद हुने भन्दै जिकिर गरे ।

उनले राष्ट्रिय सहमतिविना एकीकृत समाजवादीले राष्ट्रपति पदमा उम्मेदवारी नदिने बताए । ‘अरु पार्टीलेजस्तो हारे पनि, जिते पनि हावातालमा उम्मेदवारी दिँदैनौं,’ उनले भने ।

त्यस्तै फरक प्रसंगमा अध्यक्ष नेपालले मेची किनारबाट प्रतिगमनको यात्रा सुरु हुन लागेको संकेत मिलेको जिकीर समेत गरे । उनले संविधान, गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध हुने खालको सत्ता गठबन्धन नबनेको पनि बताए ।