भेरी किनारमा शव फेला


सुर्खेत।

सुर्खेतको भेरी नदी किनारमा एक बेवारिसे शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका–१० स्थित भेरी नदी किनारमा मंगलबार दिउँसो उक्त बेवारिसे शव फेला परेको हो ।

नाम–थर नखुलेको अन्दाजी ३५ वर्षीय पुरुषको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उक्त शव बगेर किनारा लागेको हुनसक्ने अनुमान गरेको छ ।

शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।