चिर्पट प्रहार गरी श्रीमतीको हत्या

0
Shares

दैलेख।

दैलेखमा एक युवकले चिर्पट प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।  जिल्लाको गुराँस गाउँपालिका वडा न ८  माथिल्लोगार्जा निवासी  २८ वर्षका कृष्ण बहादुर खड्काले सामान्य घर झगडा हुँदा २७ वर्षीय पार्वती बि.सी लाई ढोकामा लगाउने काठको चिर्पटले टाउकोमा हानेर हत्या गरेका छन् ।

सामान्य घरायसी झगडा हुँदा खड्काले श्रीमतीलाई टाउकोमा चिर्पट प्रहार गरेको र निज श्रीमती पार्वतीको घटना स्थलमा नै मृत्यु भएको  बताइएको छ ।

हत्यामा संलग्न कृष्ण बहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय दैलेखले नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

अहिले मृतकको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल दैलेखमा को शव गृहमा राखिएको छ ।