चितुवाको छालासहित दुई जना पक्राउ

0
Shares

धादिङ।

थाक्रे गाउँपालिका-२ बाट संरक्षित वन्यजन्तु चितुवाको छाला १ थानसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका-१ चापाखर्क बस्ने ३० वर्षीय दिपक मोक्तान र ४५ वर्षीय सुविन्द्र मोक्तान रहेका छन् ।

उक्त ठाउँमा बाघको छालाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट समेत खटिएको प्रहरीले शिरदेखि पुच्छरसम्मको चितुवाको छालासहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय धादिङमा बुझाइएको प्रहरीले जनाएको छ।