नेता खनाल पार्टीको प्रदेशस्तरीय प्रशिक्षणका लागि धनगढी पुगे

0
Shares

धनगढी । 

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल धनगढी पुगेका छन्। मंगलवार खनाल पार्टीको प्रदेश स्तरीय प्रशिक्षणका लागि सुदूरपश्चिम को अस्थायी राजधानी समेत रहेको धनगढी पुगेका हुन्।

हिजो पूर्व प्रधानमन्त्री तथा समाजवादीका अध्यक्ष माधव नेपाल भने प्रशिक्षण दिएर काठमाडौं फर्किसकेका छन् । पार्टीका केन्द्रिय कमिटी सदस्य र ९ जिल्ला कमिटीकाअध्यक्ष र सचीवलाई प्रशिक्षण दिइदै छ।

भोलि प्रशिक्षणका लागि घनश्याम भुसाल आउने बताइएको छ। प्रशिक्षणमा प्रशिक्षार्थीहरुको परिक्षा समेत लिइने र उत्तीर्ण हुनेहरुले जिल्लास्तरमा प्रशिक्षण दिने छन्।