आज फागुन ०२ गते : यस्तो छ तपाईंको राशिफल



मेष

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा सङ्कट आउला, तर साँझमा मन प्रसन्न रहनेछ ।

मिथुन

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । धनार्जन हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

सिंह

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला, सचेत रहनु होला ।

तुला

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिन उत्साहपूर्ण रहनेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

धनु

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज यात्रामा मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ । सौन्दर्यतामा धन खर्च पनि हुनेछ ।

कुम्भ

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । व्यवसायबाट लाभ मिल्नेछ । तपाईंको लागि यसपालिको प्रेम दिवसले थप उत्साह र ऊर्जा प्रदान गर्नेछ ।

बृष

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोजगारको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साथीबाट विशेष सहयोग मिल्नेछ । तपाईंलाई कसै कसैले उपहार पनि दिन सक्छन् ।

कर्कट

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम वा रोजगार पाइनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

कन्या

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । प्रेमको समस्या हटेर जानेछ ।

बृश्चिक

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज भाग्योदय हुनेछ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

मकर

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) मित्र वा आफन्तको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । तपाईंलाई कसै कसैले भित्र भित्रै मन पराउन सक्छन् ।

मीन

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज घरमा अतिथिको आगमन हुनेछ । लाभदायक यात्रा रहनेछ । नयाँ कार्यको थालनी होला । पूरै दिन रोमान्टिकमा बित्ने र खर्च पनि बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्