पूर्वी नेपालमा ४.८ म्याग्निच्युड भूकम्पको धक्का

0
Shares

काठमाडौं । पूर्वी नेपालमा आज बिहान भूकम्प गएको छ । ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला नजिक केन्द्रबिन्दु बनाएर बिहान ४ ः३० बजे ४ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

ताप्लेजुङमा यसअघि माघ १८ गते ४ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पको केन्द्रबिन्दु भने सभापोखरी नजिक थियो ।

त्यसअघि माघ १० गते बाजुरामा आएको ५ दशमलब ९ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको थियो भने ५० भन्दा बढी घरमा क्षति पुगेको थियो ।