सिन्धुलीको मरिणमा मोटरसाइकल दुर्घटना : २ जनाको मृत्यु

0
Shares

सिन्धुली । मदन भण्डारी लोकमार्ग अन्तर्गत सिन्धुलीको मरिण गाउँपालिकामा हिजो (आइतवार) राति मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मरिण गाउँपालिका ७ महेश्वता क्याम्पस चोकमारोकि राखिएको ना ३ त १६० नम्बरको ट्याक्टरसँग धमिलेबाट सिन्धुलीतर्फ आउँदै गरेको बा ५८प ९०९८ नम्बरको मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा परी मरिण गाउँपालिका ४ का ३३ वर्षीय जितेन्द्र माझी र सोही ठाउँका ३२ वर्षीय मेष बहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका दुवै जनाको प्राथमिक स्वास्थ्य चौकी कपिलाकोटमा उपचारकोक्रममा मृत्यु भएको हो ।