लोसपा केन्द्रीय कार्यकारिणी बैठक फागुनमा

0
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आगामी फागुनमा बोलाएको छ ।

आज (शुक्रबार) बिहान उक्त समितिका सदस्य सर्वेनाथ शुक्लाले दिएको जनाकारी अनुसार फागुनमा बस्ने बैठकमा राष्ट्रपतिको साझा उम्मेदवार चयनको विषयमा निर्णय गरिने छ ।

यसका साथै बदलिँदो राजनीतिक घटनाक्रम र राष्ट्रपतिको चुनाव, संगठन निर्माण तथा विस्तार लगायतका विषयमा छलफल गर्न बैठक बस्ने छ । बैठकमा पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाइने भएको छ ।

लोसपाको कार्यकारिणी बैठक झन्डै दुई वर्ष पुग्नै लाग्दा पनि एक पटक बस्न सकेको छैन । ढिलै भए पनि आगामी फागुन १० गतेका लागि बैठक बोलाइएको सुक्लाले बताए ।

बैठकको एजेण्डा राष्ट्रपतिमा लोसपा अध्यक्ष ठाकुरलाई साझा उम्मेदवार बनाउने रहेको छ । राष्ट्रपतिको निर्वाचन आसन्न फागुन २६ गते तोकिएको छ ।