उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रपतिबारे भएन छलफल

0
Shares

काठमाडौं । सत्ता साझेदार दलहरूको उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रपतिबारे छलफल नभई टुंगिएको छ । आज (शुक्रबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उक्त बैठकमा राष्ट्रपतिबारे कुनै छलफल नै नभई टुंगिएको हो ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको बैठकमा सहभागी एक नेताले बताए । मन्त्रिपरिषद्लाई पूर्णता दिने र सरकारी कामबारहीलाई तीव्रता दिनेबारे संयन्त्रको बैठकमा छलफल भएको ती नेताले बताएका छन् ।

त्यस्तै उपप्रधान तथा उर्जामन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने विषयमा छलफल भएको बताए ।

राष्ट्रपतिको विषयमा छलफल भएको हो ? भन्ने प्रश्नमा उनले भने, ‘यस विषयमा गत पुस १० मा सरकार गठनको बेला भएको सहमतिलाई निरन्तराता दिन नै हो । यसर्थ तत्काल यस विषयमा छलफल गर्नु आवश्यक छैन । विस्तारै हुन्छ ।’

आजको बसेको उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठकमा सात्ता साझेदार दल जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी सहभागी भएनन् ।