सुर्खेतको जंगली गुफामा ५ नाल भरुवा बन्दुक फेला

0
Shares

सुर्खेत । सुर्खेतको एक जंगली गुफामा बेवारिसे फ्याकिएका पाँच नाल भरुवा भन्दुक प्रहरीले फेला पारेको छ । जिल्लाको लेकवेशी नगरपालिका–५ स्थित राष्ट्रिय चौफारी डाँडाको जंगली गुफामा पाँच नाल भरुवा बन्दुक प्रहरीले फेला पारेको हो ।

फेला परेका बन्दुक प्रहरीले आफ्नो नियन्त्रमा लिएको छ । प्रहरीको नियमित गस्तीले माथिल्लो खल्टाकुरा राष्ट्रिय चौफारी डाँडाको जंगली गुफामा बेवारिसे फ्याकिएका बन्दुक नियन्त्रमा लिएको हो ।

लुकाई छिपाइ राखेको अवस्थामा प्रहरीले फेला परेको हो । सबै बन्दुक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।