जसपा निकट बौद्धिक पेशाकर्मीहरूको भेला भोलि

0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट नेपाल बौद्धिक पेशाकर्मी महासंघको भेला गर्ने भएको छ । आज (शुक्रबार) जसपाले एक सूचानामार्फत उक्त महासंघको भेला गर्ने जनाएको छ ।

बौद्धिक पेशाकर्मी महासंघले भोलि (शनिबार) भेलाको आयोजना गरेको जनाएको छ । जसपा निकट प्राध्यापक, कानुन व्यवसायी, शिक्षक, पत्रकार, बैंकिङ तथा निजामती कर्मचारी, इञ्जिनियरहरू भेलाले नेपाल बौद्धिक पेसाकर्मी महासंघको समिति गठन गर्ने बताएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा दिनको १ बजे हुने भेलामा महासंघका पदाधिकारी, सदस्य तथा घटक संघ÷संगठनका अध्यक्ष तथा पदाधिकारीलाई अनिवार्य उपस्थितका हुन भनिएको छ ।