सार्वजनिक यातायातमै फल्स बटम बनाई तस्करी गर्ने गाडी प्रहरी नियन्त्रण

0
Shares

काठमाडौं । झापामा सार्वजनिक यातायातमै फल्स बटम बनाएर तस्करी गर्ने गाडलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो (बिहीबार) राति ७ बजे उक्त गाडीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्लाको मेचीनगर नगरपालिका–१० निन्दापुल नजिक पूर्वपश्चिम लोकमार्गमा काँकडभिट्टाबाट विराटनगर जाँदै गरेको सार्वजनिक यातायातको गाडीको बीचमा फल्स बटम बनाएर तस्करी गर्ने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मे १ ख २७३९ नम्बरको सार्वजनिक यातायातको बसमा उक्त बटम बनाई तस्करी गरेर दुई लाख ५० हजार बराबरको विभिन्न प्रकारका जुत्ता चप्पल, खाद्यान्न सामाग्री, पेय पदार्थ र तामाका भाडावर्तन बरामद गरेको प्रहरीले जनाएको छ ।

गरी उक्त सामान र बसको आवश्कय अनुसन्धानको लागी मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको हेड क्वाटर भद्रपुर झापाले जनाएको छ ।