अभिनेत्री अश्लेशा ठकुरी दुर्घटनामा घाइते

0
Shares

काठमाडौं । अभिनेत्री अश्लेशा ठकुरी दुर्घटनामा परी सामान्य घाइते भएकी छन् । आज (बिहान) ६ः३० बजे आआर क्याम्पस अगाडि स्कुटर दुर्घटनामा परी घाइते भएकी हुन् ।

घाइते ठकुरीको घुँडामा सामान्य चोट लागेको छ । उनी स्नातकोत्तर तहको परीक्षा दिन जाँदा आफैले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएकी हुन् । उनको अवस्था अहिले सामान्य छ ।