आज माघ २७ गते शुक्रबार : हेर्नुहोस् तपाईंको राशिफल

0
Shares

मेष

मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ । सामाजिक कार्यमा सफलता हात पर्ला । प्रेमको डोरो पनि कसिलो हुनेछ ।

मिथुन

मिथुन : (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नाक तथा घाँटीमा समस्या आउला । राजनैतिक कार्यमा बाधा आउनेछ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

सिंह

सिंह : (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्य सम्पादनमा केही सहजता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ ।

तुला

तुला : (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मन खिन्न हुने स्थिति आउनसक्छ । खानपानमा ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

धनु

धनु : (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइन सक्छ ।

कुम्भ

कुम्भ : (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफन्तसँग मनमुटाव सिर्जना हुने योग रहेको छ । प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनसक्छ ।

बृष

वृष : (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

कर्कट

कर्कट : (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । व्यावसायिक नयाँ योजना बन्नेछन् ।

कन्या

कन्या : (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग पनि रहेको देखिन्छ ।

बृश्चिक

वृश्चिक : (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कुनै कुराले अनुहारमा चमक र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ, तर भीडभाडबाट बचेर हिँड्नु होला ।

मकर

मकर : (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनसक्छ ।

मीन

मीन : (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अनुहारमा चमक र मन प्रसन्न रहला । घरमा शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ला । -हाम्रो पात्रो