४ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नायव महानिरीक्षक पदमा बढुवा

0
Shares

काठमाडौं । चार जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नायव महानिरीक्षक पदमा बढुवा भएका छन् । प्रहरी सेवा साधारण समूह साधारण उपसमूहतर्फ रिक्त पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा उनीहरुलाई बढुवा गरिएको हो ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम बढुवा समितिको माघ २५ गतेको निर्णयानुसार चार जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा बढुवा सिफारिस गरेको छ ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा सुरेशकुमार श्रेष्ठ, अञ्जलीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा बढुवा भएका छन् ।

बढुवा सिफारिस उपर चित्त नबुझे सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरुले नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम सात दिनभित्रै बढुवा उपरको उजुरी दिन सक्ने बताईएको छ ।

हेर्नुहोस् सूचना :