लोसपाले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने : उम्मेदवार पार्टी अध्यक्ष ठाकुर

0
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रपतिको उम्मेदवारी दिने भएको छ । लोसपाले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ ।

राष्ट्रपति कुन दलको नेतालाई बनाउने भन्ने छलफल चलिरहेका बेला लोसपाले अध्यक्ष ठाकुरलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको हो ।

आज (बुधबार) बिहान राष्ट्रपतिको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफल गरेका छन् । उनीहरुले भोलि (बिहीबार) उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकबाट राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने सहमति गरेका छन् ।

राष्ट्रपतिको निर्वाचन आसन्न फागुन २५ गते हुनेछ ।