पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको मुद्दामा सर्वोच्च अदालतको कारण देखाऊ आदेश

0
Shares

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको मुद्दामा कारण देखाऊ आदेश दिएको छ । आज (बुधबार) सर्वोच्चले प्रमुख प्रतिपक्ष दलको नेता मान्नुको कारण देखाऊ आदेश दिएको हो ।

न्यायाधीश सुष्मालता माथेमाको इजलासले संघीय संसद् सचिवालयसँग देउवालाई विपक्ष दलको मान्यता दिनुको कारण दिन आदेश दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको दल प्रमुख प्रतिपक्ष मान्न नसकिने भन्दै अधिवक्ता विमल पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमा फैसला गर्दै सर्वोच्चले कारण देखाऊ आदेश र जवाफ पेश गर्न आदेश दिएको छ ।