प्रहरीलाई ट्राफिक व्यवस्थापन सामाग्री हस्तान्तरण

0
Shares

काठमाडौं । अटोमोवाइल्स एशोसिएशन अफ नेपालले प्रहरीलाई ट्राफिक साम्रागी हस्तान्तरण गरेको छ । आज (बुधबार) उक्त एशोसिएशनले प्रहरीलाई ट्राफिक सामाग्री हस्तान्तरण गरेको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथलाई ट्राफिक व्यवस्थापनका लागि प्रयोग गरिने सामाग्रीहरू हस्तान्तरण गरेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथलाई ट्राफिक व्यवस्थापनका लागि प्रयोग गरिने सामाग्रीहरू हस्तान्तरण गरेको छ । ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आज आयोजित एक कार्यक्रमबीच नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको तर्फबाट अध्यक्ष ध्रुव थापाले ट्राफिक व्यवस्थापनका लागि प्रयोग गरिने सामाग्री हस्तान्तरण गरेका हुन् ।

ट्राफिक व्यवस्थापनको लागि आवश्यक पर्ने १ सय थान फ्लोरोसेन्ट ज्याकेट तथा सीसीटिभी मनिटरिङलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न ५ थान कम्युटरको सीपीयू, ५ थान किबोर्ड र ५ थान माउस हस्तान्तरण गरिएको हो ।

हस्तान्तरणकै क्रमममा अध्यक्ष थापाले ट्राफिक जनचेतना अभिवृद्धीका साथै सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँग निरन्तर रूपमा सहकार्य गर्दै नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल भविष्यमा पनि अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

ट्राफिक व्यवस्थापन सामाग्री हस्तान्तरण पश्चात् काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले, नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको अध्यक्ष थापालगायत अन्य पदाधिकारीहरूलाई धन्यवाद ज्ञापन गरे ।

साथै, बढ्दो ट्राफिक समस्या समाधान तथा न्यूनीकरणको लागि नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच भविष्यमा पनि थप योजनाहरू बनाइ समन्वयात्मक रूपमा अगाडि बढ्ने सहमति समेत भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।