चोरीको गहुँसहित ट्याक्टर सशस्त्र प्रहरीको नियन्त्रणमा

0
Shares

काठमाडौं । चोरी पैठारीको गहुँसहित ट्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज (बुधबार) रुपन्देहीको मायादेवी गाउँपालिका–७ वनगाईबाट प्रहरीले करीव ९ लाख ५० हजार रुपियाँ बराबरको चोरी पैठारीको गहुँ तथा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

भारतबाट अवैध रूपले लु ३ त १९१९ नम्बरको ट्याक्टरमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त गहुँ सशस्त्र प्रहरी बल नेपाल बिओपी डण्डा र बिओपी मजगावाले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको गहुँ तथा ट्याक्टर आवश्यक कारबाहीको लागि भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।