अवैध लागूऔषध खैरो हिरोइनसहित दुई जना प्रहरी नियन्त्रणमा

0
Shares

काठमाडौं । अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने करीव दुई ग्राम धुलोसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज (बुधबार) बर्दिया बढैयाताल गाउँपालिका–३ फुटाहास्थित सीमा ईलाकाबाट दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रमा लिएको हो ।

जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–१० बस्ने २० वर्षीय वरिष्ठबहादुर शाही र २० वर्षीय दिपेन्द्र न्यौपानेलाई अवैध लागूऔषध खैरो हिरोइनको धुलोसहित सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा वेश फुटाहाले नियन्त्रणमा लिएको छ ।

उक्त खैरो हिरोइन जस्तो देखिने धुलोसहित उनीहरुलाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरीका कार्यालय मैनापोखरीमा बुझाईएको छ । यस घटनाको सम्बन्धमा गप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।