प्रमुख र ज्येष्ठ सुवेदार समन्वयात्मक बैठक सम्पन्न (तस्बिरसहित)

0
Shares

काठमाडौं । जंगी अड्डामा सञ्चालित दुई दिने प्रमुख सुवेदार र जेष्ठ सुवेदार समन्वयात्मक बैठक सम्पन्न भएको छ । आज (बुधबार) प्रधान सेनापति महारथी प्रभुराम शर्माले उक्त बैठकको समापन गरेका हुन् ।

बैठकमा सहभागीहरुलाई सम्बोधन गर्दै प्रधान सेनापति महारथी शर्माले प्रमुख सुवेदार र जेष्ठ सुवेदारहरु युनिट तथा सव युनिटहरुका सबैभन्दा पुराना र अनुभवी व्यक्ति हुनुको साथै नेपाली सेनाको मेरुदण्डको रुपमा रहँदै आएको बताए ।

प्रमुख सुवेदार तथा ज्येष्ठ सुवेदारहरुले प्रदर्शन गर्ने व्यवसायिक क्षमताले नै समग्रमा संस्था सक्षम र सबल हुने हुँदा आगामी दिनमा थप उत्साहजनक प्रयासबाट पल्टनको तयारीपन, अनुशासन, बन्दोबस्ती तथा कल्याणकारी लगायतका क्षेत्रहरुमा नतिजामुखी उपलब्धी हासिल गर्न निर्देशन दिए ।

सम्बोधनको क्रममा प्रधान सेनापति शर्माले नेपाली सेनामा विद्यमान नीतिगत व्यवस्था तथा संस्थागत प्रयासहरुको कार्यान्वयनका दौरान देखिएका व्यवहारिक पक्षहरुको सम्बन्धमा समन्वयात्मक बैठकबाट प्राप्त रायसुझावलाई अध्ययन गरी सम्बोधन गर्न सम्बन्धित विभागहरुलाई निर्देशन दिए ।

नेपाली सेनामा सैन्य पदमा भर्ना भई पदोन्ननती हुँदै पुग्ने राजपत्र अनंकित वरिष्ठतम पद प्रमुख सुवेदार र जेष्ठ सुवेदार हो । पल्टनको संस्कृति, परम्परा र रीतिरिवाजबारे जानकार तथा जिम्मेवार प्रमुख सुवेदा र रजेष्ठ सुवेदारलाई नेपाली सेनामा अति महत्वपूर्ण नियुक्तिका रुपमा लिइन्छ । यस नियुक्तिमा रहने व्यक्तिहरुले सैनिक ईकाईहरुमा अन्यदर्जा र अधिकृतको बीचमा समन्वयकर्ताको भूमिका निर्वाह गर्दछन् ।

यहीँ महिना माघ २४ मा कार्यरथी उपरथी सागरबहादुर थापाले उद्घाटन गर्नु भएको समन्वयात्मक बैठकको समापन कार्यक्रममा बलाधिकृत रथी सरोज प्रताप राणा, रथीवृन्द, अधिकृत तथा बैठकका सहभागी ९० जना प्रमुख सुवेदार र जेष्ठ सुवेदारहरुको उपस्थिती रहेको थियो ।