उपाध्यक्ष अर्यालले त्यागिन् माओवादी केन्द्रको सदस्यता

0
Shares

काठमाडौं ।

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले नेकपा माओवादी केन्द्रको पार्टी सदस्यता र जिम्मेवारी त्यागेकी छन् ।

राष्ट्रियसभाको उपाध्यक्ष बनेसँगै उनले उपाध्यक्ष पदको मर्यादाअनुरूप पार्टीगत आबद्धताबाट राजीनामा दिएकी हुन् ।

उपाध्यक्ष पदको भूमिका स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन माओवादीको सम्पूर्ण जिम्मेवारी त्यागेको उनले बताएकी छन् । बुधबार विज्ञप्ति जारी गरेर उनले यसबारे जानकारी दिएकी हुन् ।