प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालकोटमा भेटवार्ता जारी

0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता शुरु भएको छ । आज (बुधबार) बिहान प्रचण्ड र ओलीबीच भेटवार्ता जारी रहेको छ ।

ओली निवास बालकोटमा भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषद्लाई पूर्णता दिने लगायतका विषयमा छलफल भइरहेको स्रोतले बतायो ।