काव्य स्कुलमा दौड प्रतियोगिता

0
Shares

काठमाडौं।

काठमाडौंको बुद्धनगरस्थित काव्य स्कुलले ‘सबैका लागि शिक्षा’ भन्ने राष्ट्रिय नाराका लागि दौड कार्यक्रम सम्पन्न गरेको छ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमको उपस्थितिमा विद्यालय प्राङ्गणबाट शुरु भएको कार्यक्रममा नेपालकै प्रथम ओलम्पिक धावक जीतबहादुर केसीले पानसमा दीप प्रज्वलन गरेका थिए।

अतिथिलगायत विद्यालयका संस्थापक प्रधानाध्यापक र निर्देशकहरूले बेलुन उडाएर कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गरेका थिए। विद्यालयका संस्थापक प्रधानाध्यापक नवराज बास्कोटाले सबैका लागि शिक्षा कार्यक्रमका लागि दौडको महत्वमाथि प्रकाश पारे।

कार्यक्रममा अभिभावकहरूले बालबालिकालाई किताबी ज्ञान मात्र नभएर यस विद्यालयले स्थापनाकालदेखि नै खेलकुदलाई पनि प्राथमिकता दिएकोमा खुसी व्यक्त गरेका थिए। सो अवसरमा ससाना विद्यार्थीहरूले सङ्गीतबद्ध राष्ट्रिय गान गाउनुका साथै सांस्कृतिक नृत्य र तेक्वान्दो खेल प्रदर्शन गरेका थिए।

सो अवसरमा काव्य खेलकुद सप्ताह २०७९ का उत्कृष्ट खेलाडी, बालबालिका र म्याराथन धावकलाई प्रमाणपत्र बितरण गरिएको थियो।

कार्यक्रममा सुरक्षा निकायका विशिष्ठ व्यक्तित्वहरू, नेपाल स्काउटका प्रतिनिधिसहितको टोली, स्थानीय जनप्रतिनिधिहरू, टोल व्यवस्थापन समितिका सदस्यहरु लगायत शिक्षक, विद्यार्थी र कर्मचारीहरु सहभागी थिए।