पर्सा प्रहरीद्वारा एकैदिन २१ फरार ब्यक्तिहरु पक्राउ

0
Shares

वीरगन्ज ।

जिल्ला प्रहरी कार्यालय पर्सा अन्तरगतको वडा प्रहरी कार्यालय श्रीपुर पर्साले एकै दिन २१ जना फरार अभियुक्तहरुलाई पक्राउ गरेको छ ।पर्सा जिल्ला अदालतमा परेको मुद्दाम अदालतको फैसलापछि फरार रहेका अभियुक्तहरुलाई फैसला कार्यन्वयनको लागि संचालन गरेको फरार प्रतिवादीहरुलाई पक्राउ गर्ने अभियान अन्तर्गत वडा प्रहरी कार्याल श्रीपुर पर्साबाट परिचालित प्रहरीको टोलीले सोमबार एकैदिन २१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

विभिन्न मुद्दाका २१ जना फरार प्रतिवादीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरी पर्सा जिल्ला अदालतमा आवश्यक कारवाहीको लागि बुझाईएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक डिल्लीराज सापकोटाले जानकारी दिनुभयो । पक्राउ परेका २१ जनाले जरिवाना भुक्तान गरी रिहा पनि भएका छन् ।

फैसला कार्यन्वयन गरी समाजमा सुरक्षाको अनुभुती दिलाउन र अपराध गरी सकेपछि कोही पनि तोकिएको सजाय, जरिवाना भुक्तान नगरी लुकीछिपी वस्न नसक्ने प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो ।फैसला कार्यन्वयनका लागि फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियानलाई निरन्तरता दिईने प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो ।

यसैबीच सवारी चालक अनुमति पत्रका लागि लिइने ट्रायल परिक्षाको ट्रायल सेन्टरबाट दुइ जना नक्कली परीक्षार्थी पक्राउ गरेका छन् ।वीरगन्ज महानगरपालिका वडा नम्बर २३ स्थित ट्रायल सेन्टरबाट आइतबार दुइ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ३ का ३६ वर्षिय निजामोदिन अन्सारी र वीरगन्ज महानगरपालिका वडा नम्बर २४ का २० वर्षिय सर्दुन अन्सारी रहेका छन् ।

ट्रायल सेन्टरमा सुरक्षार्थको लागि वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले अरु परीक्षार्थीको नाममा लिखित ट्रायल दिने क्रममा कृते हाजिरी गरेको अवस्थामा अन्सारीद्वयलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भैरहेको पर्साका प्रहरी प्रवत्त:ा प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।