अवस्था ठिक नभएका सवारी साधन चलाउने २८ जना चालक कारवाहीमा

0
Shares

काठमाडौँ।

यान्त्रिक अवस्था ठिक नभएका २८ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

काठमाडौँको किर्तिपुरमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा हेण्डब्रेक नभएका, लाईटहरु दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका २८ ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको हो ।

अवस्था ठिक नभएका सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम हुने हुनाले सवारी साधनको अवस्था चेकजाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पुर्ण चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरे ।