सभामुखको कार्यालय हाइज्याक भयो, संसदमा प्रतिपक्ष छैन : वरिष्ठ अधिवक्ता त्रिपाठी

0
Shares

काठमाडौँ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुखको कार्यालय पनि हाइज्याक भएको बताएका छन्।

शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारमा सहभागी हुनबाट रोक्न हेतु नेकपा एमालेले हतारमा सभामुखसँग मिलेमतो गरेर नेपाली कांग्रेसलाई प्रतिपक्ष दलको दर्जा दिन लगाइएको बताए।

‘कोही पनि संसदमा प्रतिपक्ष छैन, सारा सत्ता पक्ष , झनै हाइज्याकमा परेको छ। यो संसदीय प्रणालीको मुल मर्म र आत्मामाथिको प्रहार हो,’ उनले भने, ‘हतारमा सभामुखसँग मिलेमतो गरेर एउटा राजनीतिक पार्टीको समर्थनमा यो सरकार बनेको त्यसको चाहनामा नेपाली काँग्रेसलाई अपोजिशनको दर्जा दिन लगाइएको छ, सभामुखको प्रयोग गरेर, त्यो एमाले पार्टीको चाहनामा भएको छ।’

उनले नेकपा एमाले र सरकार सभामुखसँग चाँडो भन्दा चाँडो कांग्रेसलाई प्रतिपक्षमा धकेल्न लगाइएको बताए। संसदलाई राष्ट्रिय पञ्चायत जस्तो बनाइएको आरोप लगाउँदै उनले संसदमा कुनैपनि प्रतिपक्ष नरहेको र संसदलाई सत्तापक्ष नै बनाउनु भनेको संसदीय प्रणालीको मुल मर्म र आत्मामाथिको प्रहार भएको बताए।

वरिष्ठ अधिवक्ता त्रिपाठीले अहिलेका पार्टीहरुसँग नेशन्स बिल्डिङ र ट्रान्सफरमेसनको कुनै एजेण्डा नभएको बताए।

‘पार्टीहरुसँग नेशन्स बिल्डिङर ट्रान्सफरमेसनको कुनै एजेण्डा छैन। पार्टीहरुमा मात्र मौका कुरिरहने कुरा प्राथमिकतामा छ। सत्ताको लागि र अवसरको लागि कुनैपनि ठाउँमा उभिने कुरा छ’ उनले भने।