अध्यागमनको सर्भर डाउन, विमानस्थलमा सवा घण्टादेखि उडान रोकियो, सयौं यात्रु अलपत्र

0
Shares

काठमाडौँ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण बन्द भएको छ। सवा घण्टादेखि अध्यागमन विभागको सर्भर डाउन हुँदा उडान र अवतरणबन्द भएको हो।

उडान बन्द हुँदा ५ वटा वायुसेवाका सयौं यात्रु अलपत्र गरेका छन् । गृह मन्त्रालयमातहतको अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसेकेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।

सर्भर बिग्रिएपछि दुबईको फ्लाई दुबई, कोलकाता जान लागेको एयर इन्डिया, बैंकक जान लागेको थाई स्माइल र दिल्ली जान लागेको नेपाल वायुसेवा निगमका बैंग्लोर उडानका सयौं यात्रु अलपत्र परेका छन् ।

सर्भर बिग्रिएका कारण यी ५ वटा वायुसेवाबाट तेस्रो मुलुक जानुपर्ने दर्जनौं यात्रुका कनेक्टिङ उडान छुट्ने भएका छन् । सवा घण्टादेखि विमानस्थल अबरुद्ध हुँदा यात्रुहरूले अध्यागमनविरुद्ध नाराबाजी गरिरहेका छन् ।