रवि लामिछानेको पक्षमा काठमाडौंमा प्रदर्शन

0
Shares

काठमाडौँ।

रवि लामिछानेको पक्षमा शनिबार काठमाडौंमा प्रदर्शन भएकाे छ ।

रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्चले गरेको फैसलाको विरोधमार प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागीहरुले रवि लामिछानेलाई सुनियोजित रुपमा फसाइएको आरोप लगाएका छन्। उनीहरुले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म नाराबाजीसहित प्रदर्शन गरेका गरेका हुन् ।

शुक्रबार सर्वोच्च अदालतले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय गराउन कानुनले तोकेको प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद बदर गर्ने फैसला गरेकाे थियाे ।