बसकाे ठक्करबाट एकजनाकाे मृत्यु

0
Shares

कपिलवस्तु ।

कपिलवस्तुको शुद्धोधन नगरपालिका ६ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भैरहवा तौलिहवा सडक खण्डमा लु २ ख ४२ २६ नम्बरको बसले लु ४ त ५४ १९ नम्बरको ट्याक्टरलाई  शुक्रबार ठक्कर दिएको थियो ।

बसको ठक्करबाट  अनियन्त्रित भएको ट्याक्टरले साइकललाई समेत ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका साइकलमा सवार शुद्धोधन नगरपालिका ३ गुलेरीका ३० वर्षीय बिन्द कुमार कहारको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बसमा सवार ६ जना मध्ये घाइते भएका दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार भएका ट्याक्टर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।