जेरी–२ मा फेरि अनमोल र आना



आठ वर्षअघि बनेको फिल्म जेरीको सिक्वलका रूपमा ठआ जेरी–२ निर्माण हुने भएको छ ।

जेरीलाई निरन्तरता दिँदै अनमोल केसी मुख्य भूमिकामा रहने फिल्ममा यही फिल्मबाट डेब्यु पाएकी आना शर्मा उनको जोडी बन्ने भएकी छन् । जेरीकै निर्देशक हेमराज बिसीले निर्देशन गर्ने फिल्मका लागि अर्को प्रमुख अभिनेत्रीको रूपमा यसअघि नै पूर्णिका सिंजापतिलाई अनुबन्धित गरिएको छ ।

अनन्या फिल्म्सको ब्यानरमा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्ने फिल्मका बाँकी कलाकारका लागि दार्जिलिङ, सिक्किम र गान्तोकमा कास्टिङ कल आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्